INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलाको न्यायिक प्रक्रियामा पहुँच पुर्‍याउन इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० भदौ ११ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

बर्दगोरिया गाउँपालिका–५ कोइली भुरुवाकी ३१ वर्षीया कुसुम डगौरालाई न्यायिक प्रक्रियामा सहजताका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको हो ।

पीडित डगौराले न्यायका लागि जिल्ला अदालत, कैलालीमा उजुरी दर्ता गरेको भए पनि पटक पटक पेशीको लागि आउन जान आर्थिक समस्या उत्पन्न भई न्यायिक प्रक्रियामा समस्या उत्पन्न भएको भन्दै  ओरेक नेपालले इन्सेकलाई सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

इन्सेकले गरेको आर्थिक सहयोगले आफूलाई न्याय पाउन सहज हुने भन्दै पीडितले इन्सेकलाई धन्यवाद दिनु भयो ।

photo20230828kailali

अन्य

भिडियो