२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ का ३० वर्षीय नारायण कुश्मीलाई ०८० भदौ ९ गते गिरफ्तार गरेको छ ।
आरोपितले सामाजिक सञ्जालमार्फत (टिकटक) चिनजानको आधारमा भेट्न बोलाएर साउन १२ गते आफूलाई बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलालाई आरोपितले सामाजिक सञ्जालमार्फत मानसिक तनाव समेत दिदै आइरहेकाले आरोपित विरुद्ध भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन सहयोग गरेको गोदावरी नगरपालिका–४ की वडासदस्य रेश्मीदेवी चौधरीले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितले दिनुभएको माैखिक जानकारीको आधारमा आरोपितलाई भदौ ९ गते नै घरबाट गिरफ्तार गरी पाँच दिनको म्याद थपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर खगेन्द्र साउदले इन्सेक प्रतिनिधीसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।