१९ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला सत्यवती गाउँपालिका–१ अस्लेवाका २९ वर्षीय लक्ष्मण पाण्डेलाई भदौ ८ गते बुटवलबाट गिरफ्तार गरेको छ । अर्का आरोपित बुटवल उपमहानपा–८ सुख्खानगरका २७ बर्षीय प्रदिप केसी फरार रहेको प्रहरीले जनाएको छ ।
विरुद्ध उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपितद्वयले साउन २० गते खाजा खान भनी बुटवलको एक होटलमा बोलाएरसामुहिक बलात्कार गरेको भन्दै पीडितले साउन ३१ गते इलाका प्रहरी कार्यालय, बुटवलमा कसुरमा उजुरी दिनुभयो ।
पीडित अनुसार आरोपितमध्येको प्रदिप केसीले खाज खान बोलाएर साथी लिएर आएको र खाजा खाएपछि आफुले केही थाहा नपाएको अवस्थामा घटना भएको पीडितले बताउनु भयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको र घटनाका आरोपितमध्ये एक जना फरार भएकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएकोे छ ।
यसैगरी, १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले गैडहवा गाउँपालिका–३ मंगलपुरका २३ वर्षीय श्रवण जयसवालविरूद्ध भदौ ८ गते इलाका प्रहरी कार्यालय,सालझण्डीमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।