१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेलम्ची नगरपालिका-५ का २४ वर्षीय अनिल तिमल्सिनालाई प्रहरीले ०८० भदौ ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई आरोपितले भदौ ५ गते घर नजिकको बाटोमा हिँडिरहेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ७ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनु भयो ।
पीडित बालकको स्वास्थ्य परीक्षण भदौ ७ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा भयो ।
घटनामा संलग्न अर्का ३२ वर्षीय पुरुष भने फरार रहेका कारण खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रमुख गान्दिव कार्कीले जानकारी दिनुभयो ।