INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीद्वारा ८४ बिघा जग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले पूर्वी चितवन स्थित खैरहनी नगरपालिका-१२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा गरेको छ ।

Photo20170703Chitwan

पार्टीका जिल्ला इञ्चार्ज लालबहादुर बिसीले १९ गते सोमबार बिज्ञप्ति जारी गरी विगत ५९ सालदेखि पार्टीको कब्जामा रहेको जग्गा अहिले विभिन्न भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाइएकाले पुनः आफ्नो पार्टीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Photo20170703Chitwan1

जग्गा किनबेच गर्न प्रयास भएको पाइएकाले भूमाफियाको गलत कार्य रोक्न पार्टीले कब्जा गरेको विज्ञप्तिमा उल्लेख छ । कुनै पनि व्यक्ति वा सङ्घसंस्थाले उपभोग गर्ने र चलखेल गर्ने प्रयास गरेमा कडा कारबाही हुने विज्ञप्तिमार्फत धम्की दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले उक्त जग्गामा खतरा भनेर लेखेर राखेको वस्तु र झण्डा गाडेर छोडेको देखेपछि प्रहरी गएर हटाएको बताए ।

अन्य

भिडियो