३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ ६ गते बरहथवा नगरपालिका–५ का ४४ वर्षीय लालु भन्ने लालकिशोर प्रसाद अधिकारीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडित महिलालाई भदौ २ गते पीडितकाे घर निजकै बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । घटना पश्चात आरोपित अधिकारी फरार रहेका छन् र फरार आरोपितको खोजी कार्य भइ रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मिकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।