२१ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित अर्नमा गाउँपालिका–२ का २३ वर्षीय इन्देश कुमार सिंह विरुद्धको मुद्दा जिल्ला अदालतले भदौ ५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश काजी बहादुर राईको एकल इजलासले सो फैसला गरेको हो । आरोपितले युवतीलाई ०७६ जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ २७ गते उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २७ गते भएको थियो ।
जिल्ला अदालतमा ०७७ जेठ ३ गते अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए पनि आरोपित हाल सम्म गिरफतार भएका छैनन् ।