५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जलजला गाउपालिका– २ का २८ वर्षीय राजन कार्कीलाई प्रहरीले २०८० भदौ २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले आफुलाई आरोपितले ०८० साउन ३२ गते बलात्कार गरेपछि कुटपिट गरेको भन्दै भदौ १ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा लिखित उजुरी दिनुभएको थियो ।
उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । आरोपितलाई भदौ ३ गते पर्वत जिल्ला अदालतमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि थप अनुिन्धनाका लागि सात दिनको म्याद थप गरेको इन्स्पेक्टर केशब केसीले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।