INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–१० अमराइका ३२ वर्षीय हरि लामिछानेलाई प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० साउन १९ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले भदौ १ गते दिएको जाहेरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध भदौ ३ गते जिल्ला अदालतमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १ गते गोरखा अस्पतालमा भएको थियो ।

अन्य

भिडियो