INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जगदुल्ला गाउँपालिका–५ माझँगाउका २९ वर्षीय धर्मराज बोहोरा, सल्यान जिल्ला कुमाख गाउँपालिका–५ कालागाउँका २५ वर्षीय रेशम राना र जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का २१ वर्षीय कृष्ण बिकलाई भदौ १ गते गिरफतार गरेको छ ।

गत ०७९ फागुन १५ गते गाउँमै बलात्कार गरेको र अहिले ६ महिनाको गर्भ रहेको बाहिरीएपछि पीडित आफन्तले साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी शिव बुढाथोकीले बताउनुभयाे ।

पीडित बालिकालाई आरोपितले ललाई फकाइ गरी बलात्कार गरेको पिडितका आफन्तले आरोप लगाएका छन् । पीडितलाई  जिल्ला अस्पतालकाे सिफारिसमा एकद्दार संकट व्यवस्थापन केन्द्रको सहयोगबाट सुर्खेतमा पठाएको जिल्ला अस्पताल, डोल्पाका प्रमुख डा. अखण्ड उपाध्यायले बताउनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण साउन २८ गते जिल्ला अस्पतालमा भएको थियो ।

घटनामा संग्लन नौ जना मध्य अन्य ६ जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको डिएसपी बुढाथोकीको भनाइ छ ।

अन्य

भिडियो