१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका–३ का ५० वर्षीया गंगा राईविरूद्ध पीडित पक्षले साउन ३२ गते प्रहरीमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले ०८० साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन थापाले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ३२ गते गरिएको छ ।