INSEC Online

📅 २०८३ जेष्ठ २१

नगर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी धर्ना बस्दा सेवाग्राही मार्कामा

1692181602439

सिम्रोनगढ नगरपालिका—७ मा स्थित नगर अस्पताल ०८० साउन १ गतेदेखि बन्द रहेको हुँदा सेवा लिन आउने सेवाग्राहीहरू मार्कामा परेका छन् ।

नगर अस्पतालमा कार्यरत स्वस्थ्यकर्मी तथा कर्मचारीहरूले तलब भत्ता नपाएको भन्दै आन्दोलन तथा धर्नामा बसेका हुन् । धर्नामा बस्दा सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।

नगर अस्पतालका मेडिकल अधिकृत डा. जितेन्द्र प्रसाद यादवको अनुसार आफू लगायतका अन्य कर्मचारीहरू (कम्पयुटर अपरेटर शम्भु कुमार साह, रामजीवन ठाकुर, रोबिन हुसेन, सहायक अधिकृत आयुस मिया अन्सारी) कसैले ११ महिना कसैले १४ महिनाको तलब भत्ता नपाएको र करारको अवधीसमेत नगरपालिकाले थप नगरिदिएको हुनाले हामी धर्नामा बसेका छौँ । ०७८ जेठ २१ गतेदेखि सञ्चालनमा रहेको १५ सैयाको नगर अस्पतालमा २७ जना कर्मचारी रहेका छन् । ती मध्ये तीन जना कर्मचारीहरू स्थायी र बाँकी २४ जना करारमा कार्यरत छन् ।

सिम्रोनगढ नगरपालिकाभित्र रहेको एक मात्र अस्पातल ०८० साउन १ गतेदेखि नै बन्द रहेको हुँदा सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको छ । यसै सन्दर्भमा एक जना स्थनीय सेवाग्राही श्यामकिशोर कुशवाहाले— “नगर अस्पतालबाट उपलब्ध हुने सेवा अस्पताल नै बन्द रहेकोले १५ सय रुपियाँ तिरी वीरगञ्जको नारायणी अस्पतालबाट सो सेवा लिएको” भन्नु भयो ।

त्यसैगरी, सम्रौनगढ नगरपालिका–२ का विजय ठाकुर लोहारले विगत लामो समयदेखि अस्पतालका स्वस्थ्यकर्मी तथा कर्मचारी धर्नामा बसेकोले आफ्नो आँखा चेक जाच गराउन जिल्लाको किरण आँखा अस्पतालमा जनुपरेको दुःखेसो पोख्नु भयो ।

नगर अस्पतालका कर्मचारी डा. जितेन्द्र यादवसँग अस्पतालका आर्थिक कारोबार सम्बन्धी लिखित र मौखित जवाफ माग्दा उहाँले दिनु भएन, आल टाल गर्नु भयो र अहिले अस्पतालको आर्थिक कारोबार सम्बन्धमा अख्तीयारमा मुद्दा परेकोले स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको तलब भत्ता रोकिएको सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले बताउनु भयो । “यो समस्याको समाधान भदौको पहिलो हप्ताभित्र समाधान हुन्छ—”उहाँले  भन्नु भयो ।

अन्य

भिडियो