INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा दिइन् विवाह दर्ताका लागि उजुरी

इन्सेकको पहलमा धनगढी उपमहानगरपालिका–११ की ५० वर्षीया देविकुमारी विकले ६१ वर्षीय पति देवबहादुर कामी विरुद्ध ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । २०५४ सालमा सामाजिक परम्परा अनुसार आफूहरुबिच विवाह भएको भए पनि पतिले विवाह दर्ता गर्न अस्विकार गर्दै आएका कारण विभिन्न अवसरबाट वञ्चित हुदै आइरहेकोले पति विरुद्ध विवाह दर्तासम्बन्धी उजुरी दिन बाध्य भएको पीडित देविकुमारीले बताउनु भयो । विवाह दर्ता नभएका कारण राष्ट्रिय परिचय पत्र तथा नाता कायम गर्न नसकेको र  स्थानीय समुहबाट ऋण लिनबाट समेत वञ्चित हुनु परेको उहाँले गुनासो गर्नु भयो ।

विवाह भएदेखि नै पटक–पटक विवाह दर्ताका लागि पतिलाई अनुरोध गर्दै आएको भए पनि बिभिन्न बहानामा यातना दिने, घर भन्दा बढी बाहिर बस्ने, घर आएको समयमा गालिगलौज तथा कुटपिट गरी शारीरिक र मानसिक यातना दिने गरेको र हाल तीन महिनादेखि सम्पर्क विहिन हुनु भएकोले न्यायका लागि पहल गरी दिन इन्सेकलाई आग्रह गरी इन्सेकको पहलमा उजुरी दर्ता गर्न सकिएको पीडित देविले बताउनु भयो । पीडितले विवाह दर्तासम्बन्धी उजुरी दिनु भएकोले आरोपित पतिलाई झिकाएर छलफल गरी विवाह दर्ताका लागि कानुनी व्यवस्था अनुसार गरिने जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नगरिक सेवा केन्द्र, कैलालीका इन्स्पेक्टर सरस्वती अधिकारीले बताउनु भयो ।

 

अन्य

भिडियो