INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ सुरवलका २१ वर्षीय प्रमाथी लोधलाई साउन २६ गते सुर्यपुराबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रेमको प्रलोभन देखाएर साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  साउन २६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान  भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २५ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

यसैगरी, १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले  सम्मरीमाई गाउँपालिका–७ एक्लाका २० वर्षीय प्रवेश मुसलमान विरूद्ध साउन २५ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले अभिभावकको सहयोगमा उजुरी दिनु भएको हो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान  भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका, इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २५ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।

अन्य

भिडियो