शुभकालिका गाउँपालिका–८ का १४ महिनाकी बालिका ललिता विश्वकर्माको साउन २१ गते शीघ्र कुपोषण भएर मृत्यु भएको छ ।
स्वास्थ्य चौकी राराकाटियामा शीघ्र कुपोषण पुष्टी भएपछि जिल्ला अस्पताल मान्म सिफरिस गरी पठाएकी बालिकाको सोही कारणले मृत्यु भएको हो ।
घरको आर्थिक अवस्था कमजोर भएकाले बालिकालाई कुपोषण भएको ढिलो स्वास्थ्य संस्थामा आएका कारण बालिकाको कुपोषबाट ज्यान गएको जिल्ला अस्पताल कालिकोटका चिकित्सक संकेत विकले इन्सेक प्रतिनिधिलाई जानकारी गराउनु भयो ।
जिल्ला अस्पतालमा जेठ ५ गतेबाट कुपोषणको उपचार गरिएको भए पनि छोरीलाई बचाउन नसकिएको मृतक बालिकाकी आमा धनकौरा विकले दुखेसो पोख्नु भयो ।