INSEC Online

📅 २०८३ जेष्ठ २१

हातपात गरेको आरोपमा जनप्रतिनिधि विरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका-६ स्थित पञ्चपुरी होटेलकी सञ्चालक ४१ वर्षीया तुलसी राना माथि हातपात गरेको आरोपमा पञ्चपुरी नगरपालिका-३ का वडा सदस्य ३७ वर्षीय सुरज कार्कीे विरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दर्ता भएको छ ।

वडा सदस्य कार्कीसहितका अन्य अपरिचित तीन जनाले आफूसँग २० हजार रुपियाँ लिन बाँकी रहेको भन्दै हातपात गरेको पीडितले आरोप लगाउनु भयो ।

साझोदारीमा होटेल सञ्चालन गरेका थियौँ । २० हजार रुपियाँ दिन हिसाबमा देखिएको थियो । तर पछि हिसाब बराबर भइसकेको थियो । तीन जना केटाहरु ल्याएर साउन २६ गते हातपात गरेको र पसलबाट ३५ हजार रुपियाँ लिएको पीडितले दिएकाे उजुरीमा उल्लेख छ ।

व्यक्तिगतरुपमा लेनदेन भएकोले हिसाब किताबको विषयमा चर्काचर्की भएको आरोपित कार्कीले बताउनु भयो । ‘हिसाबको विषयमा बारम्बार भन्दा पनि नदिएपछि विवाद भएको हो । हातपात भएको छैन ।’-आरोपितको भनाइ छ ।

उजुरी दर्ता भइसकेको र आरोपितलाई गिरफ्तारको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत पर्शुराम चौधरीले जानकारी दिनु भयो ।

अन्य

भिडियो