जितपुरसिमरा उपमहानगरपालिका–१६ टङ्गया बस्तीका ९० बर्षीय आइतसिंह घलान को उनका ६० वर्षीय छोरा दिलबहादुर घलानले ०८० साउन २६ गते मुक्का प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले साेही दिन गिरफतार गरेको छ ।
आरोपित विरुद्ध मृतककी ८० वर्षीया पत्नी कान्छीमाया तामाङले ०८० साउन २६ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिनु भयो । पीडितको अनुसार आरोपित र मृतक बिच घरायसी विवाद हुँदा आरोपितले मृतकको टाउकोमा मुक्का प्रहार गरी हत्या गरेको हो । पीडितले दिनुभएको उजुरीको अधारमा आरोपित दिलबहादुर घलानलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय निजगढका इन्सपेक्टर श्याम श्रेष्ठले जानकारी दिनु भयो । शवकाे पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैया पठाएको उहाँले बताउनु भयो ।