INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेलम्बु गाउँपालिका-१ का ४६ वर्षीय लोक्टे लामालाई प्रहरीले ०८० साउन २५ गते हेलम्बुबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १८ गते आफ्नै घरमा बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २३ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा प्रमुख तथा इन्स्पेक्टर हरिबोल के.सी.ले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा भयो ।

अन्य

भिडियो