INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा जन्मकैद

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सिरहा नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र शर्मालाई जन्मकैदको फैसला ०८० साउन २३ गते गरेको छ ।

जिल्ला अदालतका न्याधीश मनोज केसीको एकल इजलासले सो फैसला गरेको हो । कसुर ठहर भएका शर्माबाट पीडितलाई ६ लाख रुपियाँ क्षतीपूर्ती भराउने समेत फैसला भएको हो ।

आरोपितले बालिकालाई ०७८ असार ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ७ गते जिल्ला अस्पताल सिरहामा भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपितलाई असार ७ गते गिरफतार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित साउन १ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो