मलङ्गवा नगरपालिका–६ की २५ वर्षीया सुनिता देवी साहलाई साउन ८ गते १९ वर्षीय देवर मनोज कुमार साह र ५१ वर्षीया सासू पपिया देवी साहले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०८० साउन २२ गते उजुरी दिइन् ।
दाइजोको बहानामा पीडितलाई आरोपित देवर र सासूले कुटपिट गरी शारीरिक र मानसिक यातना दिई घरेलु हिंसा गरेको पीडितकी ४४ वर्षीया आमा कलिया देवी साहको आरोप रहेको छ । कुटपिटबाट घाइते भएकी पीडितको सामान्य उपचार साउन ९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भयो र थप उपचार विरगंजको नेशनल अस्पतालमा भएको पीडितकी आमाले बताउनु भयो । पीडितकी पति वैदेशिक रोजगारीको सिलिसिलामा दुई वर्षदेखी कतारमा छन् उहाँले बताउनु भयो ।
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनु भयो ।