९ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत बागलुङले विरगंज उपमहानगरपालिका–३ जगरनार्थका ४१ वर्षीय मोती महतोलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दिवाकर भट्टको ०८० साउन २२ गतेको इजलासले कैदसँगै ३ लाख ५० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतीपुर्तीको फैसला गरेको जिल्ला अदालत बागलुङका इजालास अधिकारी गंगाधर सापकोटाले जानकारी दिनुभयो ।
पीडित बालकलाई आरोपितले ०७९ माघ ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ ६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपित महतोलाई माघ ५ गते गलकोटबाट गिरफ्तार गरेर अनुसन्धान पुरा गरि फागुन २ गते जिल्ला अदालत बागलुङमा बाल यौन दुर्व्यवहार विषयमा मुद्दा दर्ता गरेको थियो ।
पीडित बालकको माघ ५ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको थियो ।