INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरूत्साहनका घटनाका आरोपित गिरफ्तार

फिदिम नगरपालिका–११ की नौ वर्षीया बालिका अस्मिता दर्जीलाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले सोही ठाँउकी २६ वर्षीया दमन्ता घिमिरेलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

अस्मिता दर्जीलाई आरोपितले ०८० साउन २० गते कुटपिट गरेको र सोही दिन अस्मिताले झुण्डिएर आत्महत्या गरेपछि आरोपितविरूद्ध आत्महत्या दुरूत्साहन दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दिएको बालिकाका ३६ वर्षीय बाबु रणबहादुर दर्जीले बताउनु भयो ।

आपसी विवादका क्रममा कुटपिट गरेपछि सोही दिन बहिनीले आत्महत्या गरेको र आरोपितविरूद्ध प्रहरीमा आत्महत्या दुरूत्साहन दिएको आरोपमा उजुरी दिएको मृतककी दिदी सङ्गीता दर्जीले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन २२ गते गरिएको छ ।

पीडित पक्षले सोही दिन शव बुझी फिदिम नगरपालिका– ११ मा सद्गत गरेको छ ।

अन्य

भिडियो