INSEC Online

📅 २०८३ जेष्ठ २१

आधारभूत विद्यालय तोडफोड

टिकापुर नगरपालिका-३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा साउन २० गते तोडफोड भएको छ।

तोडफोडका कारण विद्यालयका झ्याल, ढोका, डेक्स, बेन्च तथा पुस्तकमा क्षति पुगेको केदारेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद भट्टराईले बताउनु भयो । तोडफोडबाट झण्डै ५० हजार बराबरको क्षति भएको उहाँले जानकारी दिनु भयो ।

photo20230807kailali (1)

सार्वजनिक सम्पत्ति तथा विद्यालयमा तोडफोड भएको घटना निन्दनीय भएकाले घटनामा संलग्नहरूको पहिचान गरी कारबाहीका लागि प्रहरीमा उजुरी दिने तयारी भइरहेको टिकापुर नगरपालिका ३ का वडाध्यक्ष ऋषि विकले बताउनु भयो ।

photo20230807kailali (2)

विद्यालयमा तोडफोड भएको फोनमार्फत जानकारी  प्राप्त भएकोले प्रहरी  परिचालन गरी घटनाका संलग्न व्यक्तिहरुको खोजी कार्य  भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी तुल्सीराम अर्यालले बताउनु भयो ।

photo20230807kailali (3)

photo20230807kailali (4)

अन्य

भिडियो