निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ ।
भोजपुरको अरुण गाउँपालिका-४ घर भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय ज्ञानेन्द्र विश्वकर्मालाइ प्रहरीले गिरफ्तार गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको गस्ती टोलीले गिरफ्तार गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
गिरफ्तार गरिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई स्थानीय निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सार्वजनिक मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए ।