INSEC Online

📅 २०८३ जेष्ठ २१

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी की ४७ वर्षीया प्रमिला गिरीको घाँटी रेटिएको अवस्थामा साउन २१ गते शव फेला परेको छ ।

गाउँ नजिकै घाँस काट्न साउन २१ गते मकैँबारीमा गएको र अबेर सम्म घर नआएपछि खोजी गर्दा घाँटी रेटिएको अवस्थामा शव फेला परेको मृतकका पति खड्गबहादुर गिरीले बताए ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोपाल श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटनाको प्रकृति हेर्दा घाँटी रेटेर महिलाको हत्या गरेको जस्तै देखिए पनि तत्काल केही भन्न नसकिने प्रहरीको भनाइ छ । ‘महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ, हामी घटनास्थलमा नै छौँ, घटनाका बारेमा अनसन्धान गरिरहेका छौँ’ इन्स्पेक्टर गोपाल श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो