INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुरव्यवहार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय आफन्तलाई साउन १८ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १८ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए ।

पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको र थप अनुसन्धान  भइरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर इश्वर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो