सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इच्छाकामना गाउँपालिका-३ का ४५ वर्षीय मेघ बहादुर चेपाङलाई प्रहरीले ०८० साउन २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका-३, धुसाको सामुदायिक वनमा बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १९ गते इलाका प्रहरी कार्यालय, मुग्लिङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते भरतपुर अस्पतालमा भयो ।