६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १९ गते गरिएको छ ।