INSEC Online

📅 २०८३ जेष्ठ २२

कैदीको सरूवालाई लिएर झापा कारागारमा भएको नारावाजी साम्य

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मनोज लावतीलाई सुनसरीस्थित क्षेत्रीय कारागार, झुम्कामा सार्ने विषयलाई लिएर झापा कारागारमा भएको नारावाजी साम्य भएको छ ।

मनोज लावतीलाई कारागार व्यवस्थापन विभागको पत्र अनुसार झुम्का कारागार सरूवाका लागि कारागारबाट निकाल्ने क्रममा कैदीबन्दीले कारागार प्रशासनविरूद्ध नारावाजी गरेको र ढुङ्गामुढा गरेको जेलर मोहन पनेरुले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

झापा कारागारका भाइ नाइके रहेका लावतीलाई बाहिर निकाल्न नदिई कैदीबन्दीले टायर वालेर नारावाजी गरेपछि बाहिरबाट कारागारभित्र आगलागी भएको जस्तो देखिएपनि टायर बालेका कारण धुवाँको मुस्लो देखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।

कारागारमा आगलागी जस्तो देखिएपछि भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र विर्तामोड नगरपालिकाको दमकलले आगो निभाएका छन् ।

कैदीबन्दी, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनबिच भएको छलफलमा तत्काल मनोज लावतीलाई झापा कारागारमै राख्ने सहमति भएपछि कैदीबन्दीले आन्दोलन रोकेका छन् ।

कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र रिजालले बताउनु भयो ।

झापा कारागारका नाइके लय शिवाकोटीले भाई नाइके मनाेज लावतीलाई अन्यत्र सार्न खोजेको कैदीबन्दीको आरोप छ ।

झुम्का कारागारका जेलर भीमप्रसाद भट्टराईले साउन १९ गते झापा कारागारबाट कैदीबन्दी सरुवाको विषयमा जानकारी प्राप्त नभएको बताउनु भएको छ ।

अन्य

भिडियो