६ वर्षीया बालिकालाई बलात्कार गरी ११ वर्षदेखि फरार बरहथवा नगरपालिका–७ का २९ वर्षीय उदयकुमार पण्डित कुम्हारलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाले साउन १६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०६६ जेठ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा २०६६ साउन ५ गते उजुरी दिएको थियो । जिल्ला अदालतले ०६९ साउन ३१ गते आरोपितलाई कसुरदार ठहर गर्दै १२ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
आरोपित कुम्हारलाई प्रहरीले गाउँमा लुकिछिपी बस्दै गरेको अवस्थामा ०८० साउन १६ गते गिरफ्तार गरी साउन १७ गते जिल्ला अदालतमा पेश गरेको र अदालतको आदेशमा आरोपितलाई जिल्ला कारागार सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।