निर्वाचनको मौन अवधि रहेका बेला असार १३ गते बिहानको समयमा मेची राजमार्गका २ स्थानमा ट्रक र पिकअप गाडीमा आगजनी भएको छ ।
बिहान साढे ३ बजे इलाम नगरपालिका-१, साखेजुङमा ना २ ख ८९३२ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगजनीबाट ट्रकमा पूर्ण रूपमा क्षति भएको छ । उक्त ट्रक झापाको बिर्तामोडबाट हार्डवेयरको सामान लिएर ताप्लेजुङ जाँदै गरेको थियो ।
असार १३ गते बिहान ३ः५० बजे इलाम नगरालिका-१० को गोदक खण्डमा पिकअप गाडीमा आगजनी भएको छ । झापाबाट सामान लिएर पाँचथरको फिदिमका लागि जाँदै गरेको बा १० च ८१९४ नम्बरको पिकअपमा आगजनी भएको श्रेष्ठले जानकारी दिए ।
आगजनीबाट पिकअपको करिब ४० प्रतिशत भाग जलेर नष्ट भएको छ । डिएसपी श्रेष्ठका अनुसार ‘नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको सूचना आएको भएपनि आगजनी कसले गरेको हो भन्ने खुल्न सकेको छैन ।’-उनले भने ।