INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नगरपालिका–५ मानुङकी ४७ वर्षीया गिता आलेको भरुवा बन्दुकको गोली हानेर हत्या गरेको आरोपमा  ५६ वर्षीय पति श्रीप्रसाद आलेलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गितालाई ०८० साउन १६ गते राती ११ बजे पति श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुँदा गोली हानेर घाइते भएपछि उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा राती १२ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।

श्रीप्रसादलाई राती नै प्रहरीले गिरफ्तार गरेको थियो । उक्त घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खाँणले बताउनु भयो ।

शवको दमौली अस्पतालमा नै पोष्टमार्टम गर्ने तयारी भइरहेको डिएसपी खाँणले जानकारी दिनु भयो ।

अन्य

भिडियो