INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० साउन १६ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

अछाम जिल्ला चाैरपार्टी गाउँपालिका–१ गैरीलेककी २२ वर्षीय आशा चौधरीलाई न्यायीक प्रक्रियामा सहज होस भन्ने उद्धेश्यले पीडितकी आमा निर्मला चौधरीमार्फत सहयोग रकम प्रदान गरिएको हो ।

आर्थिक समस्या भोगिरहेकी घरेलु हिंसा घटनाका पीडितले आर्थिक अभावका कारण घटनापश्चात जिल्ला अदालत, अछाममा नाता कायमसम्बन्धी मुद्दा दर्ता गरेपछि पटकपटक पेशीको लागि आउन जान आर्थिक समस्या भइरहेकोले आर्थिक सहयोगका लागि समविकास नेपालले इन्सेकलाई सिफारिस गरेपछि घटनाका अध्ययन गरी पीडितलाई ८ हजार रुपियाँ इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

इन्सेकले गरेको आर्थिक सहयोगका कारण आफ्नो छोरी आशालाई न्याय पाउन सहज हुने र आर्थिक अभावको अवस्थामा इन्सेकले गरेको सहयोगले न्याय पाउन सहज हुने भन्दै पीडितकी आमा निर्मला चौधरीले इन्सेकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

अछाम जिल्ला साँफेबगर नगरपालिका–३ पर्बाका २९ वर्षीय रोशन कुवँर र छोरी आशाले ०७८ भदौ २५ गते प्रेम विवाह गरी काठमाडौँ गएका र काठमाडौँ बसाइकै क्रममा छोरी गर्भवती भएपछि राकेश कुवँरले छोरीलाई माइती घरमा पुगाएर सम्पर्क बिहिन हुनु भएको पीडितकी आमाले बताउनु भयो ।  कुँवर सम्पर्क बिहिन भएपछि आशा चौधरीले २०७९ जेठ २७ गते  छोरालाई जन्म दिएको र पीडित परिवारले पीडित चौधरीले उनले जन्म दिएको बच्चालाई कुँवरको घरमा लैजाँदा परिवारका सदस्यहरुले अस्विकार गरेपछि २०८० वैशाख २१ गते जिल्ला अदालत, अछाममा नाता कायम गरी पाउँ भनी मुद्दा दर्ता गरिएको पीडित पक्षले बताए ।

photo20230801kailali

अन्य

भिडियो