१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १४ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।
पीडित बालिकाका परिवारका अनुसार बालिकासँग खेल्ने बहानामा आरोपितले घर नजिकैको जङ्गलमा लगेर बलात्कार गरेको थियो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।
यसैगरी, २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–७ नेडरहवाका २२ वर्षीय विरेन्द्र लोध विरूद्ध साउन ११ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएको छ ।
पीडितलाई आरोपितले असार ३० गते बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएको र आरोपित फरार रहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर दिपेश खरेलले फोन मार्फत बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।