अविरल वर्षासँगै आएको पहिरोबाट विस्थापित परिवारले राहात नपाएको गुनासो गर्नु भएकको छ ।
अविरल वर्षाका कारण ०८० साउन १२ गते राति आएको पहिरोका कारण विस्थापित भएका हिमाली र गौमुल गाउँपालिकाका १३ घर परिवारले राहत नपाएको गुनासो गर्नु भएको हो ।
वर्षाका कारण आएको पहिरोले हिमाली र गौमुल गाउँपालिकाका दर्जनौ घर जोखिममा परेका र स्थानीयहरु विस्थापित हुनु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएपी कविन्द्र बोहोराले बताउनु भयो ।
हिमाली गाउँपालिका–३ युनामा साउन १२ गते राति घरमाथिबाट आएको पहिरोका कारण दिपलाल बुढाको घर पूर्ण रुपमा क्षति हुँदा अन्न, लुगाकपडा सबै बगायोको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र कठायतले बताउनु भयो ।
पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको र उहाँहरुको सुरक्षित बासका लागि वडाध्यक्षसँग पहल भइरहेको इन्स्पेक्टर कठायतले बताउनु भयो । पहिरोका कारण सोही वडाका १० घर र युना आधारभूत स्वास्थ्य चौकी समेत जोखिममा रहेको इन्स्पेक्टर कठाएतको भनाइ छ ।
पहिरोबाट विस्थापित भएको आज तीन दिन भई सक्यो छिमेकीको घरमा बसेका छौ गाउँपालिकालगायत कुनै निकाएबाट पनि राहात नपाएको पीडित दिपलाल बुढाले बताउनु भयो ।
उहाँले बस्ने घर, अन्नपात, लुगाकपडा सवै पहिरोले बगाएको र हाल छिमेकीको घरमा आश्रय लिएर बसेको पीडित बुढाले बताउनु भयो ।
हिमाली गाउँपालिकाका प्रमुख प्रशाकसीय अधिकृत्त राजबहादुर भण्डारीले विस्थापित एक परिवार र जोखिममा रहेका परिवारलाई सुरक्षिक ठाउँमा सारी सामान्य राहात दिएको र थप राहातको लागि जिल्ला प्रशासन, रेडक्रसलगायका निकायसँग समन्वय गरिरहेको बताउनु भयो ।
गौमुल गाउँपालिका–३ मा साउन १२ गते रातिनै आएको पहिरोका कारण बेहरी टोलका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विक र ढल्काँडा टोलका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा, झाँक्री बोहरा, गङ्ग बोहरा, अफिलाल बोहरा र ब्रिजित बोहराका परिवार गरी १२ परिवार विस्थापित भएका गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताउनु भयो ।
पहिरोका कारण १२ परिवारका ६० जना भन्दा बढीलाई थुमथला आधारभूत विद्यालयमा सारिएको भए पनि पहिरोका कारण गाउँनै जोखिममा रहेको उपाध्यक्ष थापाले बताउनु भयो ।
तत्काल बसन्त बोहोराको घर बस्नै लाएक छैन् र अन्य परिवार पानी नपरेको दिन घर जाने र पानी परेको समयमा विद्यालय नै बस्दै आउनु भएको छ । बढी जोखिममा परेका विस्थापित पाँच परिवारलाई गाउँपालिकामा बोलाएर केही राहत दिने तयारी भइरहेको र अन्य विस्थापित हरुका लागि राहत प्याकेजको पहिल भइरहेको उपाध्यक्ष थापाको भनाइ छ ।
जिल्लाका २ हजार भन्दा बढी परिवार अहिले पहिरोको उच्च जोखिममा रहेको जिल्ला बिपद् व्यवस्थापन समितिसँग तथ्याङ्क रहेको छ । भिरालो र पाखो जमिन, चारैतिरबाट पहिरोको डर र पटकपटक आउने भूकम्पले जमिन चिराचिरा परेकाले बाजुरा जिल्ला विपत् को उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनु भयो ।
वर्षातको समयमा उच्च सतर्कता अपनाउन जिल्लाबासीलाई अनुरोध समेत गरिएको र पीडित परिवारलाई राहातको व्यवस्थापनमा लाग्न स्थानीय तहलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो ।
