२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सम्मरीमाई गाउँपालिका–७ नेडरहवाका २२ वर्षीय बिरेन्द्र लोधविरूद्ध साउन ११ गते इलाका प्रहरी कार्यालय मर्चवारमा, उजुरी दर्ता गराएका छन् ।
पीडितले आरोपितलाई असार ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडितले साउन ११ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा उजुरी दिनुभयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १ गते भीम अस्पताल,भैरहवामा गरिएकोे छ ।