हेलम्बु गाउपालिका-५, भारतीकी १६ वर्षीया बालिकालाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीया बिरी तमाङ र ३९ वर्षीय लोक्टे भन्ने आइते तमाङलाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले साउन ४ गते बेलुकी कुटपिट गरी हत्या गरेर स्थानीय सामुदायिक वनको रुखमा झुण्ड्याएको अवस्थामा फेला पारेको पीडित पक्षका आफन्त नुर्वु तमाङले बताउनु भयो ।
पीडित पक्षको तर्फबाट मृतककी काका नाता पर्ने नुर्वु तमाङले साउन ५ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
पीडितको पोष्टमार्टम साउन ४ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा भयो ।
आरोपितहरूलाई जिल्ला अदालतको आदेशले अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय, मेलम्चीमा राखिएको इन्स्पेक्टर मनोज श्रेष्ठले जानकारी दिनुभयो ।