INSEC Online

📅 २०८३ जेष्ठ २१

धरानका मेयरलाई दर्ता कायम जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरको आदेश

उच्च अदालत, विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई वृक्षारोपण नगर्न आदेश दिएको छ ।

उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको साउन ११ गतेको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता न. ४२१ र ३४५ को जग्गामा अनधिकृतरूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, र  नगराउनु भन्ने अन्तरिम आदेश दिएको छ ।

photo 20230727 Sunsari photo 20230727 Sunsari1

धरान उपमहानगरपालिका-४ स्थित छोटी मोरङमा रहेको जग्गामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले वृक्षारोपण गरेपछि त्यसको विरोध गरिएको थियो ।

धरान उपमहानगरपालिका-१ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको पत्नी रोजिना अधिकारीको नाममा दर्ता कायम रहेको जग्गामा धरानका मेयर हर्क साम्पाङ्गले बलजफ्ती वृक्षारोपण गरेको भनेर न्यायको लागि उच्च अदालत, विराटनगरमा पीडित पक्षले रिट निवेदन दिएको थियो ।

उच्च अदालत, विराटनगरले साउन ११ गते रिट निवेदनमा कारबाही गर्दै निवेदकको नाममा दर्ता भएको कित्ता न. ४२१ र ३४५ को जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, र नगराउनु भन्ने अन्तरिम आदेश दिएको छ ।

निवेदक रोजिनाको नाममा धरान उपमहानगरपालिका-९ बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपूर्जा प्रतिलिपिबाट देखिएकोले कानुन बमोजिम अन्यथा नभएसम्म निजको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारको रूपमा रहने अदालतको आदेशमा उल्लेख छ ।

धरानका मेयर हर्क साम्पाङ्गले सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा ०८० साउन ६ गते वृक्षारोपण गरेपछि विवाद उत्पन्न भएको थियो ।

अन्य

भिडियो