INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यावारिधि उपाधि हासिल पदाधिकारीहरू इन्सेकद्वारा सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संस्कृत र लिथुवानिएनबिचको ऐतिहासिक सम्बन्धमा विद्यावारिधि गर्नुभएका इन्सेकका महासचिव रघुनाथ अधिकारीलाई सम्मान गरेको छ ।

इन्सेकको केन्द्रीय कार्यालय काठमाडौँमा असार ९ गते आयोजित एक कार्यक्रममा डा. अधिकारीलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।

photo20230727kathmandu (1)

कार्यक्रममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले शैक्षिक क्षेत्रबाट प्राप्त उपलब्धिलाई डा. अधिकारीले इन्सेकको हितमासमेत प्रयोग गर्नेमा विश्वास व्यक्त गर्नु भयो । उहाँले मानव अधिकार र सामाजिक न्यायको अभियानमा लागेका सहकर्मीहरूको शैक्षिक उपलब्धिले पुलकित भएको बताउनु भयो ।

सो अवसरमा डा. अधिकारीले लिथुवानी र संस्कृत भाषाका धेरै शब्द मिल्ने पाएको र यि दुई भाषाबिच निकै समानता रहेको बताउनु भयो ।

photo20230727kathmandu (2)

इन्सेकले संस्थासँग आबद्ध रहेका व्यक्तिले विद्यावारिधि (पिएचडी) गरेपछि सम्मान गर्ने गरेको छ । यसअघि इन्सेकका निवर्तमान महासचिव रुद्रबहादुर चर्मकारलाई पनि सम्मान गरेको थियो ।

पाटन संयुक्त क्याम्पसको उपप्राध्यापक पदमा कार्यरत इन्सेकका निवर्तमान महासचिव चर्मकारले समकालिन नेपाली साहित्यमा दलित चेतना विषयमा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी भाषामा विद्यावारिधि हासिल गर्नु भएको थियो ।

photo20230727kathmandu (3)

photo20230727kathmandu (4)

अन्य

भिडियो