१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका-२१ का २९ वर्षीय शंकर परियारलाई प्रहरीले ०८० साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन ९ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन भरतपुर अस्पतालमा भयो ।