INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारीहरू भ्रमणमा गएपछि गाउँपालिकाको सेवा प्रभावित

ताराखोला गाउँपालिकाका कर्मचारीहरु एक साता देखि एकैसाथ भ्रमणमा निस्किए पछि सेवाग्राहीले गाउँपालिकाबाट प्राप्त गर्नुपर्ने सेवा प्राप्त गर्न सकेका छैनन् ।

ताराखोला गाउँपालिका–२ का तुलसिराम घर्ती साउन ८ गते गाउँपालिकाबाट फिर्ता गर्नुपर्ने धरौटी माग गर्न गाउँपालिकाको कार्यालय जानुभएको थियो ।

गाउँपालिकाको कार्यालयमा कर्मचारी भेटिएनन् । घर्ती धरौटी रकम फिर्ताको लागि तीन पटकसम्म कार्यालय पुग्दा कर्मचारी नभेटिएको बताउनु हुन्छ ।

गाउँपालिकामा सेवा लिन पुगेका सेवाग्राहिले पछिल्लो एक साता यता सास्ती खेप्दै आएका छन् ।

गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत, लेखा प्रमुख, वडा सचिव र विभिन्न शाखाका प्रमुख सहित १० जनाको टोलि एकसाथ गाउँपालिकाको सवारी साधन लिएर भ्रमणमा निस्किए पछि गाउँपालिकाबाट प्राप्त गर्नुपर्ने सेवा सेवाग्राहीले प्राप्त गर्न सकेका छैनन् ।

०८० साउन ३ गते अवलकोन भ्रमणको लागि भन्दै वडा सचिव हिडेपछि कार्यालय सहयोगीको भरमा वडा सचिवको काम गर्नुपरेको वडा नम्बर १ का कार्यवाहक अध्यक्ष गौरीमाया गुरुङले जानकारी दिनुभयो ।

अन्य

भिडियो