१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ सर्यपुराका २२ वर्षीय सञ्जय कहारलाई साउन ७ गते सुर्यपुराबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले प्रेमको प्रलोभन देखाएर असार २९ गते बलात्कार गरेको भन्दै पीडितले साउन ६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते भीम अस्पताल भैरहवामा गरिएकोे छ ।