INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका कसुरदार गिरफ्तार

जुगल गाउँपालिका-२, गोल्चेकी २८ वर्षीया अन्जिता तामाङलाई ०७५ जेठ १४ गते कुटपिट गरी यातना दिएको कसुरमा सोही ठाउँका २७ वर्षीय अविरल थिङलाई प्रहरीले ०८० साउन ८ गते चौतारा बजारबाट गिरफ्तार गरेको छ ।

पत्नीलाई थिङले कुटपिट गरी घाइते बनाएर घर निकाला गरी यातना दिएको भन्दै थिङविरूद्ध पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । थिङ भदौ ३ गते गिरफ्तार भएका थिए ।

थिङलाई जिल्ला अदालतले ०७५ भदौ २८ गते ५० हजार रुपियाँ धरौटी लिएर तारेखमा रिहा गरेको थियो । थिङ त्यही समयदेखि तारेखमा अदालत नआएर फरार थिए । आरोपितविरूद्ध जिल्ला अदालतको ०७६ पुस ८ गतेको आदेशले ११ महिना १६ दिन कैद सजाय गरेको थियो ।

पत्नीलाई यातना दिएपछि फरार भएका थिङले भोटेफुल्पीङकी २७ वर्षीया अनिता थिङसँग बहुविवाह समेत गरेको पीडित तामाङले बताउनु भयो । पीडितले बहुविवाहविरूद्ध ०७५ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

बहुविवाह गर्ने अनिता थिङ भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन आउनुभएको थियो । अदालतले अनिता थिङलाई २० हजार रुपियाँ धरौटी लिएर रिहा गरको थियो ।

प्रहरीले गिरफ्तार गरेका अविरल थिङलाई कैद असुलिका लागी हाल चौतारा कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी. ले जानकारी दिनुभयो ।

अन्य

भिडियो