INSEC Online

📅 २०८३ जेष्ठ २१

कैद भुक्तान गरिरहनु भएका कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार, कैलालीमा कैद भुक्तान गरिरहनु भएका बैतडी जिल्ला दोगदाकेदार गाउँपालिका–५ का २४ वर्षीय शेरे भन्ने सरोज विष्टको २०८० साउन ८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।

चोरी गरको कसूरमा जिल्ला कारागार, कैलालीमा कैद भुक्तान गरिरहनु भएका विष्टको साउन ३ गते अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल, धनगढीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको जिल्ला कारागार, कैलालीका जेलर पदम तिमिल्सिनाले बताउनु भयो ।

कारागारमा आएपछि चेकजाँच गर्दा क्षयरोगबाट पीडित हुनु भएको देखिएपछि सेती प्रादेशिक अस्पतालको क्षयरोग डट्स डाक्टरको निगरानीमा नियमित चेकजाँच र औषधी खाइरहनु भएको जेलर तिमिल्सिनाको भनाइ छ।

सरोज विष्ट विरुद्ध २०७५ फागुन १९ गते चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता भएकोमा जिल्ला अदालत, कैलालीले २०७५ चैत ३ गते कसूर ठहर गरी पाँच वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको थियो ।

शवको पोष्टमार्टम साउन ८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी आफन्तको जिम्मा लगाइएको जेलर तिमिल्सिनाले बताउनु भयो । शव बुझेर साउन ८ गते गोदावरीमा सदगत गरिएको मृतिकका बुवा दामोदर विष्टले बताउनु भयो ।

अन्य

भिडियो