INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–६ का २७ वर्षीय नरेश तामाङलाई प्रहरीले २०८० साउन ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा लिखित जाहेरी दिएका थिए ।

आरोपित विरुद्ध साउन ७ गते जिल्ला अदालत गोरखामा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ४ गते गोरखा अस्पतालमा भएको थियो ।

अन्य

भिडियो