INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन सुरक्षा व्यवस्थाबारे गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

यही असार १४ गते दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा मानव अधिकारका विषयहरू सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग र नेपाल सरकारका गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूबिच असार ११ गते छलफल भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

छलफलमा पहिलो चरणको निर्वाचन अनुगमनका क्रममा आयोगको अनुगमन टोलीलाई केही स्थानमा निर्वाध प्रवेश गर्न रोक लगाइएको, सुरक्षाकर्मीहरूले पर्याप्त आरामको अवसर पाउन नसकेको तथा कार्यबोझ थपिएको, म्यादी प्रहरीको प्रयोगलगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो ।

छलफलमा आयोगका अध्यक्ष अनूप राज शर्माले निर्वाचनलाई शान्तिपूर्ण, भयरहीत तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन, गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरेका थिए ।

छलफलका क्रममा गृह सचिव लोकदर्शन रेग्मीले सुरक्षा निकाय मानव अधिकारप्रति सचेत रहेको र सुरक्षा अवस्थाको बारेमा बर्गीकरण सहित सबै तयारी पूरा भएको बताउँदै पहिलो चरणको निर्वाचनमा भएका कमीकमजोरीहरूलाई नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

अन्य

भिडियो