२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा झापाको हल्दिबारी गाउँपालिका-४ का २७ वर्षीय चन्दन राजवंशीलाई ०८० साउन ३ गते प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको छ ।
पीडित महिलासँग आरोपितले फेसवुक र टिकटक लगायत सामाजिक सञ्जालमा साथि बनेर नजिक भई फोटो तथा गोप्य भिडियो विभिन्न सामाजिक प्लेटफर्ममा अपलोड गर्ने र पीडितका आफन्तलाई पठाएर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले साउन १ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा आरोपितलाई साउन ३ गते काठमाडौँबाट गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालतबाट साउन ३ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले बताउनु भयो ।