बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् ।
सोही वडाकी ४२ वर्षीया बसु सेराला र २० वर्षीय विरेन्द्र रौले घाइते भएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार प्रचारमा बुढीगङ्गा नगरपालिका २ र ३ बाट नेपाली काङ्ग्रेसका कार्यकर्ताको नारबाजी र ३ मा रहेको बसालीबाट एमाले कार्यकर्ताको नाराबाजीसहित जुलुसको जम्काभेट भएपछि झडप भएको हो ।
घाइते भएकी बसु सेरालाको टाउकोमा गम्भीर चोट लागेपछि जिल्लामा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अछामको बयालपाटामा पठाइएको नेपाली काङ्ग्रेसका वडा नं ३ का अध्यक्षका उम्मेदवार जयराज उपाध्यायले जानकारी दिए ।