छेडेदह गाउँपालिका-१ विराडी गाउँका प्रेमबहादुर बिकले छानोको करिव २० मिटर टाढा हिँडेको आरोपमा ‘डुम कमारा मेरो छाना किन छोईस ? अव मेरा देउता रिसाउँछन्’ भनी सोही ठाउँका राजेन्द्रबहादुर सिंहले २ हजार रुपियाँ जरिबाना तिराएको भन्दै पीडितले असार ९ गते जिल्ला प्रशासन कार्यलयमा उजरी दिएका छन् ।
‘आफूमा परेको अन्यायको छानबिन गरी न्याय दिलाइ पाउँ’ भन्दै इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहलाई पीडित प्रेमबहादुर बिकले ०७४ असार ९ गते निवेदन दिएपछि इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले पीडितलाई जिल्ला प्रशासन जान सल्लाह दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने-‘यो जघन्य अपराध हो तुरून्त प्रहरी प्रशासन लगाएर पीडकलाई झिकाई कानुन सम्मत कारबाही गर्छौँ ।’