१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठबीस नगरपालिका–६ सिंहासैनका २८ वर्षीय धर्मराज आचार्यलाई प्रहरीले असार २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० असार १८ गते जंगलमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २९ गते दैलेख अस्पतालमा भयो ।
आरोपितलाई थुनामा राखी घटनाको अनुसन्धान थालिएको डीएसपी लम्सालले बताउनु भयो ।